जनताको भावना नवुझे कम्युनिष्ट सकिन्छ– प्रचण्ड

जनताको भावना नवुझे कम्युनिष्ट सकिन्छ– प्रचण्ड

फागुन १ गते । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको अपेक्षा अनुसार काम गर्न नसके कम्युनिष्ट सकिने वताएका छन् । नेकपा चितवनले भरतपुरमा विहीबार आायोजना गरेको जनआन्दोलन तथा जनयुद्ध श्रद्धाञ्जलि कार्यक्रमलाई सम्वोधन गर्दै नेकपाका अध्यक्ष प्रचण्डले जनताको बाचा पूरा नगरी सत्ताको मस्तीमा बसे कम्युनिष्ट सकिन समय नलाग्ने बताएका हुन् । उनले अरुका कारण नभई आपफ्नै कारणले कमजोर वनाउने संस्कृति हावी भएको वताए । कम्युनिष्टहरु कमजोर भए आफ्नै कारणले हुन्छ ,अरु कसैले कमजोर बनाउन सक्दैन उनले भने – त्यसैले सत्तामा रहँदा वा नरहँदा जनताको अपेक्षा पुरा गर्नुपर्छ । दुइ पार्टी एकता सानो मेहनतले मात्र आएको नभइ लामो संघर्ष छलफल र मेहनतले अहिलेको अवस्थामा आएको उनको दावी थियो । देशको अवस्थालाई हेरेर गरिने सहि निर्णयले सफल हुने उनले वताए । नेकपा जिल्ला अध्यक्ष यमवहादुर परियारको अध्यक्षतामा भएको कार्यक्रममा सचिव कृष्ण भक्त पोखरेल, नेता तेजेन्द्रवहादुर खड्का लगायतले मन्तव्य राखेका थिए ।