सौराहा फुड फेष्टिवल ः भलिवल, डोरी तान्ने,वेटर रेस र रक्तदान

सौराहा फुड फेष्टिवल ः भलिवल, डोरी तान्ने,वेटर रेस र रक्तदान

 

चितवन ०१ फागुन । चितवनको सौराहामा जारी १४ औं सौराहा फुड फेष्टिवल अन्र्तगत विहीवार विभिन्न गतिविधि भएका छन । फेष्टिवल अन्तर्गत मेयर कप भलिवल,डोरी तान्ने,वेटर रेस र रक्तदान कार्यक्रम भएको फेष्टिवलको आयोजक संस्था रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए । चार छुट्टा छुट्टै कार्यक्रमको रत्ननगरका मेयर नारायण वनले उद्घाटन गरेका थिए । रत्ननगर नगरपालिकाले फेष्टिवल परिसरमा आयोजना गरेको भलिवल प्रतियोगितामा ४ वटा टिमको सहभागिता रहेको छ । विहीवार भएको खेलमा रत्ननगर १० को ए टिम फाइनलमा प्रवेश गरेको छ भने बलेसी रेष्टुरेष्ट सेमिफाइनमा प्रवेश गरेको छ । लक्ष्मी पोसाकलाई पराजित गर्दै रत्ननगर १० ए टिम फाइनलमा प्रवेश गरेको छ । लक्ष्मी पोसाकलाई नै पराजित गरी बलेसी सेमिफाइनलमा प्रवेश गरेको हो । बेलेसीले भोली शुक्रवार रत्ननगर १० को बी टिम संग फाइनल प्रवेशका लागि खेल्ने छ । फेष्टिवल अन्तर्गत भएकोे डारी तान्ने प्रतियोगितामा चित्रसेन मध्यवर्ती सामुदायिक वन विजयी भएको छ । सौराहाका व्यवसायीहरुको समुहलाई पराजित गर्दै चित्रसेन विजयी भएको हो । वेटर रेस प्रतियोगिताका केसीज रेष्टुरेण्टका राजु चौधरी प्रथम,चोजोला खाना घरका प्रदिप मगर द्धितीय र केसीज रेष्टुरेष्टका शमसेर बस्याल तीतृय भएको सचिवालय व्यवस्थापन समितिका संयोजक गोपीकृष्ण विडारीले जानकारी दिए । फेष्टिवल अन्तर्गत विहीवार नै रक्तदान कार्यक्रम गरिएको छ । सामुदायिक सहयोग केन्द्रको व्यवस्थापनमा भएको कार्यक्रममा २८ जनाले रक्तदान गरेका थिए । रेवान सौराहाले आयोजना गरेको सो फुड फेष्टिवल फागुन ३ गते सम्म चल्ने छ । भ्रमण बर्ष चालिरहेका कारण फेष्टिवल भ्रमण बर्षलाई सफल बनाउन कोसेढुंगा सावित हुने संयोजक ध्रुव गिरीले बताए । फेष्टिवल सुरु भएसंगै सौराहा आन्तरिक पर्यटककको संख्या बढेको छ । फेष्टिवलको तेश्रो दिनसम्म आइपुग्दा सौराहामा चहलपहल बढेको व्यवसायीहरुले बताएका छन । कोरोना भाइरसका कारण केही दिन देखि सुस्ताएको सौराहाको पर्यटनमा फेष्टिवलले केही उर्जा प्रदान गरेको छ । सौराहा अहिले खाना,प्रेम र संगितमय बनेको रेवान सौराहाका रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले बताए ।