बीरेन्द्र आर्दश माविको वार्षिकोत्सवमा पूर्व अध्यक्षहरुलाई सम्मान

बीरेन्द्र आर्दश माविको वार्षिकोत्सवमा पूर्व अध्यक्षहरुलाई सम्मान

फागुन १ गते । पूर्वी चितवनको पुरानो विद्यालय बीरेन्द्र आर्दश माध्यमिक विद्यालयले आफ्नो वार्षिकोत्सवमा पूर्व अध्यक्षहरुलाई सम्मान गरेको छ । विद्यालयको शैक्षिक,भौतिक,आर्थिक विकासमा पुर्याएको योगदानको मुल्यांकन गर्दै विद्यालय व्यवस्थापन समितिका पाँच जना पूर्व अध्यक्षहरुलाई विहीवार सम्मान गरेको हो । पूर्व अध्यक्षहरु गोविन्द कडेंल,भीम वहादुर पुन,कृष्ण नेपाल,हरि पौडेल र रामचन्द्र पाठकलाई विद्यालयको ५४ औं वार्षिकोत्सवको अवसरमा सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री एवंम् प्रतिनिधी सभा सदस्य सुरेन्द्र पाण्डे,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम कडेंलले उनीहरुलाई दोसल्ला ओढाई कदर पत्रले सम्मान गरेका थिए ।

सोही अवसरमा विद्यालयका शिक्षकहरु गोविन्द पौडेल,तीलकुमारी शर्मा र होमवहादुर गुरुङ र कर्मचारी विष्णु भण्डारीलाई समेत सम्मान गरिएको थियो । वार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै पूर्वअर्थमन्त्री पाण्डेले जीवन सहज वनाउन प्राविधिकसहितको शिक्षा अवलम्वन गर्नु पर्नेमा जोड दिए । राप्ती ननगरपालिका प्रमुख प्रभा बरालले नगरको शैक्षिक विकासका लागि विद्यालय मर्ज,शिक्षक दरवन्दी मिलान,आवासीय सुविधा लगायतको क्षेत्रमा नगरपालिकाले काम गरिरहेको वताईन् ।