सात महिनाको प्रगति – खैरहनीमा ८ करोड ,राप्तीमा ४ करोड राजस्व संकलन

फागनु १ गते । पूर्वी चितवनको खैरहनी नगरपालिकाले चालु आर्थिक वर्षको सात महिनामा झन्डै ८ करोड रुपैया राजस्व संकलन गर्न सफल भएको छ । साउनदेखी माघ मसान्त सम्म लागत सहभागीता वाहेक ७ करोड ८४ लाख ७० हजार रुपैया संकलन भएको नगरपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले जानकारी दिए । यो अवधिमा १ करोड ४५ लाख ४४ हजार ९१४ रुपैया लागत सहभागीता रहेको छ । खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरीले आन्तरीक श्रोतबाट नगरपालिका सक्षम वन्दै गएको वताए । खैरहनीले यस वर्ष १२ करोड रुपैया आन्तरीक श्रोतबाट उठाउने लक्ष्य राखेको छ । उता राप्ती नगरपालिकाले सात महिनाकै अवधिमा साँढे ४ करोड रुपैया संकलन गरेको छ । राप्तीले यो वर्ष ६ करोड रुपैया आन्तरीक श्रोतबाट संकलन गर्ने लक्ष्य लिएको प्रमुख प्रशासकीय अधिकृत हुमागांईले वताए । गत आर्थिक वर्षमा ४ करोड रुपैया आन्तरीक श्रोतबाट संकलन हुने लक्ष्य लिएकोमा सो लक्ष्य पुरा भएको थियो । आगामी आर्थिक वर्षमा ९ करोड रुपैया आन्तरीक श्रोतबाट संकलन हुने अनुमान गरिएको राजस्व परामर्श समिति संयोजक समेत रहेका राप्तीका उपमेयर इमानसिंह लामाले वताए ।