खैरहनीका नगर प्रहरीलाई प्रशिक्षण

खैरहनीका नगर प्रहरीलाई प्रशिक्षण

चितवन, ३० फागुन ।

खैरहनीमा नियुक्त गरिएका नगर प्रहरीलाई विहीवार प्रशिक्षण दिईएको छ । नगरको वजार व्यवस्थापनका लागि खैरहनी नगरपालिकाले ४ जना नगर प्रहरी राखेको छ । जस मध्ये एक जना अघिल्लो वर्ष र थप तीन जना हालै नियुक्त गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले वताए । उनीहरुलाई नगरको मापदण्ड अनुसार आन्तरीक श्रोतबाट तलव खुवाईने शर्माले वताए ।

नियुक्ती पाएका नगर प्रहरीहरुलाई इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले वजार व्यवस्थापन,सुरक्षा,हुलदंगा नियन्त्रण लगाएका विषयमा प्रशिक्षित गराएका थिए । सो अवसरमा खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरीले नागरीकलाई दिने सेवा र इमानदारितामा ख्याल गर्न आग्रह गरे । प्रमुख चौधरीले स्वार्थमा नलागी वजार व्यवस्थापनमा ध्यान दिन समेत आग्रह गरे । नगर उपप्रमुख सुनिता थपलियाले नागरीकको विश्वास जित्ने गरि काम गर्न आग्रह गरिन् ।