कोरोना भाइरस अमेरिकामा उत्पत्ति भएको रहस्य बाहिर आएपछि…

कोरोना भाइरस अमेरिकामा उत्पत्ति भएको रहस्य बाहिर आएपछि…

एजेन्सी,३० फागुन ।

विश्वभर कोरोना भाइरसको कहर रहेको छ । हालसम्म यस भाइरसका कारण झण्डै ५ हजार मानिसले ज्यान गुमाइसकेका छन् । त्यस्तै संक्रमितहरुको संख्या झण्डै १ लाख ३५ हजार पुगेको छ ।

जब चीनको वुहानबाट कोरोना भाइरस फैलियो तब पश्चिमा मिडियाहरुले चीनलाई एकतर्फी रुपमा आक्रमण गरिरहे । चीनबाटै उक्त भाइरस निस्किएको भन्दै चीनबारे विभिन्न टिप्पणीहरु पश्चिमा मिडियाहरुले गरे । कोरोना भाइरसलाई लिएर चीनप्रति गरेको टिप्पणीले विश्वभर एक खाले त्रास पैदा गरेको थियो । चीनले यस विषयमा अनावश्यक टिप्पणी नगर्न र विश्वभर प्रोपागाण्डा फैलाउने काम नगर्न चेतावनी नै दिएको थियो । दुई महिनासम्म गरिएको एक अध्ययन अनुसार कोरोना भाइरस चीनबाट फैलिएको तर,उत्पति भने अरु नै देशबाट भएको हो ।

जापनीज र चाइनिज अध्यय अध्ययनकर्ताहरुले उक्त भाइरसबारे लामो अध्ययन गरेको र यो अन्य धेरै क्षेत्रबाट उत्पत्ति भएको हो । यो वुहान मार्केटबाट फैलिएको तर यसमा पनि कसैले इमप्लान्ट गरेको उनीहरुको निष्कर्ष रहेको छ ।