वुहानमा कोरोना भाइरस देखा पर्नुमा अमेरिकी सेनाको हातः चीन

वुहानमा कोरोना भाइरस देखा पर्नुमा अमेरिकी सेनाको हातः चीन

काठमाडौं ,३० फागुन ।

चीनले वुहानमा कोरोना भाइरस देखा पर्नुमा अमेरिकी सेनाको हात रहेको आशंका गरेको छ । गत वर्ष डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म १ सय २७ देशमा फैलिसकेको छ ।

मष्कज जयmभ
तर कोरोना भाइरस चीनको ऊहानमा नै उत्पत्ति भएको कुरामा त्यहाँका विशिष्ठ व्यक्तित्व विश्वस्त हुन सकेका छैनन् । हालै चीनको विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी सेनाका कारण कोरोना भाइरस ऊहानसम्म आइपुगेको बताएका छन् ।

प्रवक्ता झाओ लिजियानले ट्वीट गर्दै लेखे, ‘अमेरिकामा कोरोना भाइरसको पहिलो संक्रमित कहिले भेटियो रु कतिजना संक्रमित भए रु अस्पतालका नाम के हुन् रु’

झाओले उक्त महामारी वुहानसम्म ल्याइपुर्‍याउन अमेरिकी सैनिकको भूमिका हुनसक्ने अनुमान गरेका हुन् ।

केही दिन अघि दक्षिण अफ्रिकाका लागि चिनियाँ राजदूतले पनि कोरोना भाइरस चीनबाटै उत्पत्ति भएको नहुनसक्ने सम्भावना व्यक्त गरेका थिए । उनले भनेका थिए, ‘यो भाइरस चीनमा पहिलो पटक देखियो भन्नुको अर्थ यो चीनबाटै उत्पत्ति भएको भन्ने होइन ।’

लिजियानको प्रमाणित ट्विटर एकाउन्टमा अंग्रेजीमा गरिएको ट्विटमा अमेरिकाले पारदर्शिता नदेखाएको आरोप लगाइएको छ ।

‘अमेरिका बिरामी शून्य अवस्थामा कहिलेदेखि थियो रु कति संक्रमित छन्, ती अस्पतालका नामहरु के हुन् रु सम्भवतः तिनै अमेरिकी सेना हुनसक्छन्, जसले वुहानमा कोरोनाभाइरस ल्याए’, झाओले भनेका छन्, ‘पारदर्शी हुनुहोस् १ आफ्नो तथ्याङ्क सार्वजनिक गर्नुहोस् १ अमेरिका, हामीलाई विस्तृत विवरण चाहियो ।’

बिहीबार झाओकै समकक्षी विदेश मन्त्रालयका अर्का प्रवक्ता गेंग शुआंगले अमेरिकी अधिकारीहरुको आलोचना गर्दै अनैतिक र अनुत्तरदायी भन्ने प्रतिक्रिया दिएका थिए । अमेरिकी अधिकारीले बेइजिङको भाइरसविरुद्धको कदम प्रभावकारी नहुँदा विश्वमा महामारी सृजना भएको आरोप लगाएपछि गेंगले आलोचना गरेका हुन् ।

कोरोना भाइरस संक्रमण २०१९ को डिसेम्बरमा पहिलोपटक चीनको वुहानमा देखिएको थियो । हालसम्म विश्वमा १ लाख २५ हजार हाराहारीमा संक्रमण फैलिएको छ भने ४ हजार २ सय ९८ बढीको मृत्यु भएको छ । अमेरिकामा ९ सय ७५ जनामा संक्रमण र ३० जनाको मृत्यु भइसकेको छ ।