दाङमा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

दाङमा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

दाङ,३० फागुन । 

दाङमा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा   एक युवाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार शुक्रबार बिहान रा।१ख ६०० नम्बरको माइक्रोले रा।३प ९००५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तुलसीपुर उपमहानगरपालिका १० का २७ वर्षीय अर्जुन केसीको मृत्यु भएको हो ।

माइक्रोको ठक्करबाट मोटरमा सवार अर्जुन सख्त घाइते भएका थिए । उनलाई उपचारका लागि बुटवल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिए ।

राप्ती गाउँपालिका १, पाखापानीमा शुक्रबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक दंगिशरण गाउँपालिका ५, दाङका २७ वर्षीय पवन चौधरी भने घाइते छन् । बुटवलमै उपचाररत पवनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।