चितवनमा दिनदहाडै लुटियो ९ लाख रुपैयाँ

चितवनमा दिनदहाडै लुटियो ९ लाख रुपैयाँ

चितवन , ३० फागुन। 
चितवनमा दिनदहाडै लुटपात भएको छ । पूर्वीचितवनको खैरहनीमा ९ लाख रुपैया लुटिएको छ । गुल्मीका नारायण घर्तीको ९ लाख रुपैयाँ खैरहनी ८ पर्साबजार नजिकबाट लुटिएको हो ।

भरतपुरको साइन विकास बैंकबाट निकालेको रकम लुटिएको घर्तीले बताए । जग्गा खरिदको लागि भन्दै खैरहनीकै एक व्यक्तिसँग सम्पर्क भए अनुसार घर्ति र उनका साथमा पदम घर्ति रकम लिएर खैरहनी आएका थिए । फोनमा भनेअनुसारको स्थानमा पुग्दा दुईजना व्यक्तीहरु आएर रकम लिएको र लगत्तै उनीहरु भागेको पदम घर्तीले बताए । घटनाको बिषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरिक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए ।