भुवानी शंकर क्याम्पसमा रक्तदान

भुवानी शंकर क्याम्पसमा रक्तदान

फागुन ३० गते । पूर्वी चितवनको खैरहनी स्थित भुवानी शंकर वहुमुखी क्याम्पसमा शुक्रवार रक्तदान कार्यक्रम आयोजना गरिएको छ । क्याम्पसमा गठित युवा रेडक्रस सर्कलको आयोजनामा भएको कार्यक्रममा २१ जनाले रक्तदान गरेको समितिका अध्यक्ष रुद्र शर्माले जानकारी दिए । क्याम्पस स्थापना भएदेखी पहिलो पटक यो कार्यक्रम गरिएको समेत शर्माले वताए । नेपाल रेडक्रस सोसाईटी चितवनका मन्त्री हरि प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सरोकारवालाहरुले रगत वढि खपत हुने चितवनमा प्राय सधै अपुग रहने भएकाले सवै निकायहरुले आआफ्नो क्षेत्रबाट रक्तदान कार्यक्रम संचालन गर्नु पर्ने वताए । कार्यक्रम भुवानी शंकर वहुमुखी क्याम्पस स्वास्थ्य समितिका अध्यक्ष शर्माको अध्यक्षतामा भएको थियो ।