हावाहुरीसँगै आएको असिनापानीको कारण कपिलवस्तुमा ठूलो क्षति

हावाहुरीसँगै आएको असिनापानीको कारण कपिलवस्तुमा ठूलो क्षति

कपिलवस्तु, ३० फागुन ।

हावाहुरीसँगै आएको असिनापानीको कारण कपिलवस्तुमा ठूलो क्षति भएको छ । शुक्रबार दिउँसो एक्कासि हवाहुरीसँगै मेघगर्जनसहित पानी परेको र हुरीसमेत चलेकाले मकैं, गहुँजस्ता अन्नबाली तथा आँप, लिचीजस्ता फलफूल एवं तरकारी बालीमा ठूलो क्षति पुगेको हो ।

गहुँँ लगाएदेखि लगातार पानी परेर गहुँ तथा तरकारीबालीलाई क्षति गरिरहेको अवस्थामा असिना पानीले पूरै क्षति गरेको भन्दै स्थानीय कृषकहरु चिन्तित बनेका छन् ।

पहिला पानीले गहुँ बालीमा क्षति पु¥याएको थियो । शुक्रबार अहिले सम्मको ठूलो असिना पानी पर्दा गहुँबालीको साथै तरकारीबालीलाई समेत क्षति भएको कृषक श्यामेन्द्र कुर्मीको दुखेसो छ ।

असिना पानीले गहुँबाली, केराउ, तोरी लगायत तरकारीबालीलाई धेरै नै क्षति भएको छ । असिनाले सबै बालीनाली ठूलो क्षति भएको भन्दै कृषक सुकाई धोवी चिन्तित देखिएका छन् ।

कपिलवस्तुमा साँझसम्म पनि निरन्तर पानी परिरहेकोले ईटाँ उद्योगहरुमा ठूलो क्षति भएको अनुमान गरिएको छ । असिना पानीसहितको हुरीले पु¥याएको क्षतिको यकिन तथ्यांक आइसकेको छैन ।