पेट्रोलियम पदार्थको अभाव हुने हल्लाले पेट्रोल संचय गर्दै उपभोक्ता

पेट्रोलियम पदार्थको अभाव हुने हल्लाले पेट्रोल संचय गर्दै उपभोक्ता

चितवन , ३० फागुन।
विश्वभरी फैलिरहेको कोरोना भाइरसको कारणका भारतले सिमाक्षेत्रमा कडाई गर्ने जनाएसँगै पेट्रोलियम पदार्थको अभाव हुने आशंकामा आम उपभोक्ताले पेट्रोलियम पदार्थको संचय गर्न थालेका छन् ।

कोरोनोले तेल अभाव हुने आशन्कामा ग्यालिनमा तेल भर्दै

पेट्रोलियम पदार्थको अभाव हुने हल्लाले गर्दा उपभोक्ताहरुले सावरी साधनमा मात्रै नभई ग्यालिन र ड्रममा समेत डिजल , पेट्रोल भरेको दृश्य चितवनको पेट्रोलपम्पमा देखिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले भने अनावश्यक हल्लाको पछि नलाग्न भन्दै चितवनमा प्रयाप्त मात्रामा पेट्रोलियम पदार्थ आपूर्ति भइरहेकोले पेट्रोलियम पदार्थको संचय नगर्न अनुरोध समेत गरेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले आफूलाई आवश्यक भन्दाबढी मात्रामा पेट्रोलियम पदार्थ संचय गर्ने र कालोबजारी गर्न खोज्नेलाई कारबाही गर्ने बताए ।