चितवनमा बसको ठक्करबाट स्कुटरमा सवार एकजनाको मृत्यु

चितवनमा बसको ठक्करबाट स्कुटरमा सवार एकजनाको मृत्यु

चितवन ,३० फागुन।
चितवनमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पुर्वीचितवनको राप्ती नगरपालिका ७ विरेन्द्रनगर चोकमा पश्चिमबाट पुर्वतर्फ गइरहेको प्रदेश १-०१००१ ख ३४६४ नं को यात्रुबाहक बसले बिपरीत दिशाबाट आईरहेको प्रदेश ३-०२०१४ प १४४६ नं को स्कुटर लाई ठक्कर दिदा स्कुटरको पछाडी सवार एक युवकको मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका बारा जिल्ला पर्वानीपुर नगरपालिका २ बस्ने बर्ष २३ को राजिव ठाकुर उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना भरतपुर १० निवासी बर्ष २२ को श्रीसव देवकोटा घाइते भएका छन् । बस र चालक ईलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए।