विश्वभर कोरोना अपडेट : मृतक संख्या १ लाख १४ हजार नाघ्यो (सूचीसहित)

विश्वभर कोरोना अपडेट : मृतक संख्या १ लाख १४ हजार नाघ्यो (सूचीसहित)

काठमाडौं,१ वैशाख

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८ लाख ६२ हजार नाघेको छ।  नेपाली समय अनुसार सोमबार दिउसो ४ ४५ बजेसम्म संक्रमितको संख्या १८ लाख ६२ हजार ५८४ पुगेको छ। मृतक संख्या १ लाख १४ हजार नाघेको छ । चार लाखभन्दा बढी मानिस निको भई घर फर्किएका छन् ।

अमेरिकामा सबैभन्दा बढी मानिस संक्रमित भएका छन्। अमेरिकामा संक्रमितको संख्या ५ लाख ६० हजार ४३३पुगेको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वमा १ लाख १४ हजार ९८५ जना मानिसको मुत्यु भएको छ ।

अमेरिकामा सबैभन्दा बढी मानिसको मुत्यु भएको छ। अमेरिकामा २२ हजार १ सय १५ जना मानिसको मुत्यु भएको छ।

कोरोना संक्रमितमध्ये हालसम्म विश्वभर ४ लाख २८ हजार ७ सय ३५ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।

स्पेनमा १ लाख ६६ हजार ८ सय ३१ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। १७ हजार २ सय ९ जनाको मुत्यु भएको छ। त्यस्तै उपचारपछि निको भएर घर फर्किनेको संख्या ६२ हजार ४ सय ८९ पुगेको छ।

इटालीमा १ लाख ५६ हजार ३ सय ६३ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। १९ हजार ८ सय ९९ निको भएर घर फर्किसकेका छन्। ३४ हजार २ सय ११ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

फ्रान्समा १ लाख ३२ हजार ५ सय ९१ जना मानिस संक्रमित भएका छन्। १४ हजार ३ सय ९३ जनाको मुत्यु भइसकेको छ। २७ हजार १ सय ८६ जना निको भएर घर फर्किसकेका छन्।

 

 

स्रोतः वोल्डोमिटर