खैरहनी माविले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधी

खैरहनी माविले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधी

पुष २९ गते । चितवनको खैरहनीमा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी खैरहनी माध्यमिक विद्यालयले जितेको छ । खैरहनीले लगातार दोश्रो पटक रनिङ शिल्डको उपाधी जितेको हो । स्थानीय तह कार्यान्वयन भएपछि खैरहनी नगरपालिकाले आयोजना गरेको पहिलो प्रतियोगिता पनि खैरहनी माविलेनै जितेको थियो । आफ्नै चौरको फाईदा उठाउँदै खैरहनी माविले प्रतियोगितामा कुल १० स्वर्ण ,९ रजत र २ कास्य पदक प्राप्त गरेको खैरहनी नगरपालिकाका स्थानीय शिक्षा अधिकारी महेन्द्र पौड्यालले जानकारी दिए । द्धितिय भएको माध्यमिक विद्यालय गवैले ८ स्वर्ण,५ रजत पदक प्राप्त गरेको छ । समान स्वर्ण जितेको सैनिक आवासीय महाविद्यालयले २ रजत र ४ कास्य पदक प्राप्त गर्दै तृतिय भयो । प्रतियोगिताका विजेता विद्यालय तथा विद्यार्थीहरुलाई खैरहनी नगरपालिका उपप्रमुख सुनिता थपलिया,स्थानीय शिक्षा अधिकारी महेन्द्र पौड्याल,सामाजिक विकास समिति संयोजक एवंम खैरहनी ७ का वडाध्यक्ष मनेजर चौधरीले ट्रफी,प्रमाण पत्र र मेडल प्रदान गरे । प्रतियोगिता ८ वटा विद्यालयले भने कुनै पनि पदक जित्न सकेन् । प्रतियोगितामा नगर भित्रका सामुदायिक र संस्थागत २२ वटा विद्यालयको सहभागीता रहेको थियो ।