मुख्यमन्त्री भट्टद्वारा दीपावलीको शुभकामना

मुख्यमन्त्री भट्टद्वारा दीपावलीको शुभकामना

सुदूरपश्चिम, २९ कात्तिक । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुभ दीपावली पर्वको अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण प्रदेशवासीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले आज दिनुभएको शुभकामना सन्देशमा आपसी सद्भाव, सहिष्णुता र भातृत्वको प्रतिकका रुपमा रहेको दीपावली पर्वले सबैलाई एकताको शुत्रमा आवद्ध गर्दै सामाजिक एकता अभिवृद्धि गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

मुख्यन्त्री भट्टले कोभिड—१९ को महामारीवाट हाल उत्पन्न जटिल परिस्थितिमा सरकारले तोकेका स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सावधानीका साथ आ–आफ्नै घरमा पर्व मनाउन सबैमा आग्रह गर्नुभयो ।रासस