डा. केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्छ : प्रधानमन्त्री ओली

काठमाडौं,२९ कात्तिक ।

कोरोना संक्रमणपछि उपचाररत डा. गोविन्द केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार डा. केसीको उपचार खर्च सरकारले व्यहोर्ने जनाएका हुन् । उनले डा. केसीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

उनले ट्वीटरमका लेखेका छन्, ‘कोरोनाबाट संक्रमित हुनु भएका डा गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने समेत जानकारी गराउँदछु ।’