आज देशभर १९४६ जना कोरोना संक्रमित थपिए,कुल संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुग्यो

काठमाडौं,२९ कार्तिक ।  

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९४६ कोरोना संक्रमित थपिएका छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या संख्या २ लाख ८ हजार २९९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण १ हजार २१५  जनाको मृत्यु भएको छ ।

देशभर २ हजार ५ सय ३ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ७० हजार ६ सय ३२ जना निको भएका छन्। पछिल्लो २४ घण्टामा ८ हजार ७५३ जनाको पिसिआर परीक्षण भएको छ।हालसम्म नेपालमा कोरोना संक्रमितको सक्रिय संक्रमितको संख्या ३६ हजार ४५२ छ ।