राप्तीका चेपाङ बालबालिकालाई ल्यापटप सहित विद्यालय पोसाक वितरण

राप्तीका चेपाङ बालबालिकालाई ल्यापटप सहित विद्यालय पोसाक वितरण

चितवन , २८ कार्तिक। 
चितवनको कोरोकका चेपाङ बालबालिका ल्यापटप सहितको पोसाक वितरण गरिएको छ । भौगोलिक रुपमा अलि पिछडीएको क्षेत्रमा बसोवास गर्ने १३ जना बालिवालिकाहरुलाई एउटा ल्यापटप र विद्यालय पोसाक वितरण गरिएको हो । अमेरिकामा बसोवास गर्ने लिला बहादुर गुरुङले विहिबार उनीहरुलाई ल्यापटप तथा पोसाक वितरण गरिएको थियो ।

नेपाली कांग्रेसका नेत धनबहादुर गुरुङको पहलमा सहयोग वितरण गरिएको थियो । विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पुगोस् भनेर १३ जनाको एक समूहलाई ल्यापटप सहित विद्यालय पोसाक वितरण गरिएको गुरुङले जानकारी दिए । साथै त्यहाँका बालिबालिकाको पठनपाठनको लागि सहयोग पुगोस् भनेर लिला बहादुर गुरुङले ४० हजार रुपैयाँ समेत स्थानियलाई हस्तान्तरण गरेका छन् । बालबालिकाको लागि स्थानिय होमराज प्रजाको नाममा खाता खोलिएको र अन्य सहयोगी गर्न ईच्छुकहरुले खातामा रकम जम्मा गर्न सकिने लिला बहादुर गुरुङले बताए । होमराज प्रजाको नाममा माछापुच्छ्रे बैकको खाता नम्बर १०–२२ –५२४– ९९४८४२–०१–२ मा रकम जम्मा गर्न गुरुङले आग्रह गरे ।