रत्ननगर उद्योग वाणिज्य संघको निर्वाचन स्थलमा पत्रकारलाई प्रवेश निषेध

रत्ननगर उद्योग वाणिज्य संघको निर्वाचन स्थलमा पत्रकारलाई प्रवेश निषेध

चितवन , २९ मंसिर ।

रत्ननगर उद्योग वाणिज्य संघको निर्वाचन स्थलमा पत्रकारलाई निषेध गरिएको छ । निर्वाचनको समाचार संकलनको लागि गएका पत्रकारलाई निर्वाचन स्थलमा प्रवेश गर्न रोकिएको छ । यस बिषयमा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीसंग बुझ्दा निर्वाचन अधिकृतले रोकेको बताए । निर्वाचन क्षेत्रभित्र सबै अधिकार निर्वाचन अधिकृतलाई दिएको बताए । उम्मेदवारी दर्ताको बेला समेत बर्तमान कोषाध्यक्षको हस्ताक्षर नै किर्ते भएको बिषय बाहिर आइरहेको बेला निर्वाचन स्थलभित्र पत्रकारलाई प्रवेशमा रोक लगाउनुले
निर्वाचन स्वच्छ र पारदर्शी हुनेमा शंका उब्जाएको छ ।