चौबिसकोठिमा ६४ जनाद्वारा रक्तदान

मंसिर २९ गते ।

चितवनको भरतपुर चौबिसकोठिमा सोमबार आयोजित रक्तदान कार्यक्रममा ६४ जनाले रक्तदान गरेका छन् । लायन्स क्लब अफ भरतपुर उज्यालोले आयोजना गरेको कार्यक्रममा १२ महिलासहित ६४ जनाले रक्तदान गरेका हुन ।

क्लबकि अध्यक्ष लक्ष्मी रिजालको अध्यक्षता तथा लायन्स क्लब इन्टरनेशनलका भाइस डिस्ट्रिक गभर्नर रामप्रसाद भट्टको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

सो अवसरमा लायन्स क्लब इन्टरनेशनलका एरिया चिफ प्रभाकर पण्डित,जोन चियर पर्सन ऋतु गिरि,कार्यक्रम संयोजक एकराज बुर्लाकोटी लगायतको उपस्थिति रहेको थियो ।