फलफुल र तरकारी पसल व्यवस्थित वन्दै,खुल्यो ग्रेट फलफुल पसलको दोश्रो शाखा

फलफुल र तरकारी पसल व्यवस्थित वन्दै,खुल्यो ग्रेट फलफुल पसलको दोश्रो शाखा

फागुन २ गते । खैरहनी नगरपालिकाले वजार व्यवस्थापनमा नगर प्रहरी खटाएसंगै फलफुल तथा तरकारी पसलहरु पनि व्यवस्थित रुपमा संचालन हुन थालेका छन् । खैरहनीको मुख्य व्यापारिक केन्द्र पर्सा वजारमा अव्यवस्थित रुपमा ठेलाजन्य व्यवसाय गर्दा वजार कुरुप वन्न थालेको थियो । उद्योग बाणिज्य संघ खैरहनी र इलाका प्रहरी कार्यालय खैरहनीसंगको सहकार्यमा नगरपालिकाले वजार व्यवस्थापनका काम थालेको हो । पर्सा चौविसकोठीमा फलफुल संचालन गरिरहेको ग्रेट फ्रुट एण्ड जुस बारले पुरानो पर्साको पुलचोक नजिक व्यवस्थित रुपमा त्यसको शाखा शुभारम्भ गरेको छ । पहिलो शाखा पाँचौ बर्षमा प्रवेश गरेको अवसर पारेर दोश्रो शाखा संचालनमा ल्याईएको संचालक अनिल कुँवरले वताए । सो शाखाको खैरहनी नगरपालिका फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष तारानाथ लामिछाने उद्धघाटन गरे । सो अवसरमा लामिछाने सानो व्यवसायको रुपमा ठेलामा फलफूल व्यवसाय गर्दै आइरहेका व्यवसायिहरुलाई व्यवस्थित गरेर नगरपालिकाले प्रसंशनिय काम गरेको बताए । पसलका सञ्चालक अनिल कँुवरले स्थानीयको माग र आवश्यकतालाई मध्यनजर गरी अर्को शाखा खोलिएको भन्दै पसलबाट मौसमी तथा बेमौसमी फलफूल , आइसक्रिम ,बिस्कुट लगायत पिय पदार्थहरु समेत विक्रीको व्यवस्था मिलाईएको उनले जानकारी दिए । उद्घाटन कार्यक्रममाा उत्प्रेरणा बचत तथा क्रण सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसद अधिकारी , खैरहनी चेम्बर अफ कमर्सका उपाध्यक्ष उत्तम अधिकारी लगायतको उपस्थिति रहेको थियो ।