पूर्वी चितवनमा नेकपालाई अर्को धक्का,जनसेवा सहकारी गुमायो

पूर्वी चितवनमा नेकपालाई अर्को धक्का,जनसेवा सहकारी गुमायो

चैत १ गते ।

नेकपाको पकट क्षेत्रको रुपमा लिईएको राप्ती नगरपालिकाको एक सहकारीको चुनावमा नेकपालाई धक्का लागेको छ । जिल्लाको अन्य पालिकाको तुलनामा राप्तीमा नेकपाको दवदवा रहन्थ्यो । तर भण्डारा दुग्ध उत्पादक सहकारीको चुनावमा तीन जना पदाधिकारी गुमाएको नेकपाले शनिवार भएको जनसेवा वहुद्धेश्यीय सहकारी संस्थाको चुनावमा पनि धक्का खाएको छ । राप्ती ८ खुरखुरेमा रहेको सो सहकारीको चुनावमा नेपाली काग्रेश,राप्रपा र नेकपा माले मिलेर लोकतान्त्रिक समुह एकातिर र नेकपा एक्लै अर्को प्यालनमा प्रतिस्पर्धा गरेका थिए ।

चुनावमा लोकतान्त्रिक समुहबाट कार्यसमिति सदस्यमा ६ जना निर्वाचित हुँदा नेकपाबाट ३ तीन मात्रै निर्वाचित भए । सहकारीमा ९ सदस्यीय कार्यसमिति वनाउने प्रावधान छ । वहुमत सदस्यबाट निर्वाचित भएकाहरुले अध्यक्ष,उपाध्यक्ष र जिल्ला प्रतिनिधी छान्न पाउने समेत सहकारीको प्रावधान छ । अव स्वत यि तीनै पदमा लोकतान्त्रिक समुहबाट चयन हुनेछ । कुल ९ जना मध्ये लोकतान्त्रिक समुहबाट वद्री प्रसाद गैरे १६७ मत,यदुकुमार कडेंलले १५७ मत,खेमराज पाठकले १५२ मत,गोपाल प्रसाद पाण्डेले १५२ मत,बाबुराम महतोले १४८ मत र तुलराज उप्रेतीले पनि समान १४८ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक शैलेन्द्र भण्डारीले जानकारी दिए । यता नेकपाबाट हरिशरण डल्लाकोटीले १६४ मत,परशुराम कडेंलले १५० मत र गोविन्द्र प्रसाद कडेंलले १४८ मत प्राप्त गरेको निर्वाचन संयोजक भण्डारीले वताए । लोकतान्त्रिक समुहले वहुमत प्राप्त गरेकाले अव सो समुहबाट खेमराज पाठक अध्यक्ष हुने संभावना छ । नयाँ कार्यसमितिका लागि अध्यक्षमा उनको दावी छ । सहकारीको नवनिर्मित भवनमा एक कार्यकाल विताउने चाहना वमोजिम खेमराज पाठक नेकपा निकट भएपनि लोकतान्त्रिक समुहबाट चुनावमा उत्रिएका थिए । नेकपाबाट अध्यक्षका दावेदार हरिशरण डल्लाकोटी अव स्वत सदस्य वन्ने छन् । लेखा समिति संयोजकमा लोकतान्त्रिक समुहबाट दिनेश अधिकारी निर्वाचित हुँदा सोही समुहबाट युवराज डल्लाकोटीले र नेकपाबाट रामहरी थापा सदस्यमा निर्वाचित भए । उनीहरुले क्रमस १३३ मत,१४६ मत र १४० मत प्राप्त गरेको निर्वाचन समिति संयोजक भण्डारीले वताए । कुल ३५९ मतदाता रहेको सो सहकारीको निर्वाचनमा ३१२ मत खसेको थियो । करिव एक महिना अघि सम्पन्न कंकाली वनको निर्वाचनमा पनि नेकपाले अध्यक्ष गुमाएको थियो भने अन्य सवै पदमा भने नेकपाका उम्मेदवारहरु निर्वाचित भएका थिए ।