कोरोनाको प्रकोप:विश्वमा १ लाख १९ हजार भन्दा धेरैको मृत्यु,यस्तो छ पछिल्लो अपडेट

कोरोनाको प्रकोप:विश्वमा १ लाख १९ हजार भन्दा धेरैको मृत्यु,यस्तो छ पछिल्लो अपडेट

काठमाडौं,२ वैशाख ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर १ लाख १९ हजार ७०१ जनाले ज्यान गुमाएका छन् भने १९ लाख २५ हजार १७९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४ लाख ४७ हजार ८२१ जना स्वास्थ्योपचार पछि निको भएका छन् । विश्वका २१० देशमा फैलिसकेको कोरोना भाइरसका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ५१ हजार ७६४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच कोरोना भाइरसको उद्गमस्थल चीनमा फेरी कोरोना भाइरस सल्बलाउन थालेको छ । चीनमा यो समाचार तयार पार्दासम्म ३ हजार ३४१ जनाले ज्यान गुमाएका छन् भने ८२ हजार २४९ जनलाई संक्रमण भएको छ ।

त्यस्तै चीनमा महामारीका कारण ११६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । चीनमा मार्च अन्तिमबाट कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या र संक्रमितको संख्यामा कमी आए पनि अप्रिलको पहिलो साता पछि भने फेरी महामारी सल्बलाउन थालेको हो ।

चीनमा अप्रिल ७ मा ६२ जनामा संक्रमण पाईएको थियो भने, अप्रिल ८ मा ६३, ९ अप्रिलमा ४२, १० अप्रिलमा ४६, ११ अप्रिलमा ९९, १२ अप्रलमा १०८ र १३ अप्रिलमा ८९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै चीनमा अप्रिल ७ मा २ जनाले ज्यान गुमाएका छन् भने, ८ अप्रिलमा पनि २, ९ अप्रिलमा १, १० अप्रिलमा ३ र १२ अप्रिलमा २ जनाले ज्यान गुमाएका छन् ।