खोटाङमा खुकुरी प्रहार गरी श्रीमानको हत्या

खोटाङमा खुकुरी प्रहार गरी श्रीमानको हत्या

खोटाङ, २, बैसाख ।

श्रीमानलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा खोटाङकी एक महिला पक्राउ परेकी छन् ।

खोटाङको बाह्रपोखरी गाउँपालिका–१ खुर्सानेका ५० बर्षीया श्रीमान छकुमार राईको हत्या गरेको अभियोगमा ५० वर्षीया मेनुका राई पक्राउ परेकी हुन् ।

मेनुकाले सोमबार खुकुरी प्रहार गर्दा छकुमारको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी बाह्रपोखरीले जनाएको छ ।