खैरहनीको राहत कोषलाई प्याव्सनको सहयोग

खैरहनीको राहत कोषलाई प्याव्सनको सहयोग

वैशाख २ गते । खैरहनीको विपद राहत व्यवस्थापन कोषलाई ७५ हजार रुपैया रकम सहयोग भएको छ । निजी विद्यालयहरुको छाता संगठन प्याव्सन खैरहनीले मंगलवार ७५ हजार १ सय रुपैया सहयोग गरेको हो । नगद ५० हजार र २५ हजार १ सय रुपैयाको चेक खैरहनी प्याव्सनका अध्यक्ष टेकराज अधिकारीले खैरहनीका मेयर लालमणि चौधरीलाई हस्तान्तरण गरे । खैरहनी प्याव्सनको सक्रियतामा नगर भित्रका १३ वटा निजी विद्यालयहरु सो रकम स्वतस्फुर्त संकलन भएको थियो । रकम हस्तान्तरणका लागि प्याव्सनका पदाधिकारी र सदस्यहरु नगरपालिका पुगेका थिए । रकम सहयोग गर्ने विद्यालयहरुमा ग्लोसाईन एकेडेमीले १२ हजार,मेरी गोल्ड इग्लिस वोडिङ स्कुलले १० हजार एक सय,इन्टरनेशनल इग्लिस मोर्डन स्कुलले ७ हजार,मदरल्याण्ड एकेडेमीले ६ हजार,नेशनल आवासीय मावि,नेपाल आर्दश शिक्षा सदन,मोर्डन इग्लिस वोडिङ स्कुल,ज्ञानसुदा इग्लिस स्कुल,ओसियन एकेडेमी र कुमरोज एकेडेमीले समान पाँच पाँच हजार,होली गार्डेन इग्लिस स्कुलले ४ हजार,लोटस इग्लिस स्कुल र चितवन आईरिस स्कुलले समान तीन तीन हजार रुपैया सहयोग गरेका हुन् । रकम ग्रहण गर्दै खैरहनीका मेयर लालमणि चौधरीले विपदका वेला निजी विद्यालयहरुले गरेको सहयोग प्रति धन्यवाद दिदै यसले विपदमा सवै नेपाली एक हुन्छन् भन्ने सन्देश दिएको वताए । कोरोना भाईरसको सक्रमण देखिएपछि स्थापना गरिएको सो कोषमा हाल सम्म ५ लाख २५ हजार भन्दा वढि रकम सहयोग भईसकेको छ भने एक लाख ५० हजार वरावरको जिन्सी समेत सहयोग प्राप्त भईसकेको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले वताए ।