रत्ननगरलाई लुमन्तीले दियो एक लाख

रत्ननगरलाई लुमन्तीले दियो एक लाख

वैशाख २ गते । सुकुम्वासीहरुको क्षेत्रमा काम गर्दै आएको लुमन्ती आवासका लागि सहयोग समुहले रत्ननगरको विपद राहत कोषलाई एक लाख रुपैया सहयोग गरेको छ । रत्ननगर नगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषलाई लुमन्तीले मंगलवार सो रकम सहयोग गरेको हो । एक लाखको चेक लुमन्ती रत्ननगर कार्य क्षेत्र संयोजक सिंहवहादुर लामाले रत्ननगरका मेयर नारायण वनलाई हस्तान्तरण गरे । सुकुम्वासीको क्षेत्रमा काम गर्ने भएपनि विपदका वेला नगरसंग सहकार्य स्वरुप सो रकम सहयोग गरिएको लुमन्तीका संयोजक लामाले वताए । चेक ग्रहण गर्दै मेयर वनले सुकुम्वासीको क्षेत्रमा दुवै संस्थाबीच सहकार्य भएजस्तै विपदका वेला लुमन्तीले गरेको सहयोग रोग नियन्त्रण तथा राहतको काममा सदुपयोग हुने विश्वास दिलाए । लुमन्तीले विगत ८ वर्षदेखी यहाँका सुकुम्वासी,विपन्न समुदायमा सचेतना मुलक कार्यक्रम,आयआर्जनका कार्यक्रम र आवास निर्माणमा सहयोग गर्दै आएको छ । लुमन्ती र नगरपालिकाले सयुक्त रुपमा कोष समेत वनाएर सुकुम्वासीलाई न्युनतम व्याजदरमा ऋण प्रवाह गरेर आवास निर्माणमा लगानी गरेको छ ।