दुग्ध किसानलाई प्रोत्साहन , प्रतिलिटर अब दुई रुपैयाँ अनुदान

दुग्ध किसानलाई प्रोत्साहन , प्रतिलिटर अब दुई रुपैयाँ अनुदान

हेटौडाँ , १ असार
दुग्ध किसानहरुलाई प्रोत्साहन गर्न प्रदेश सरकारले अनुदानको रकम बृद्धि गरेको छ । यसअघि प्रतिलिटर १ रुपैंया अनुदान दिदै आएकोमा त्यसलाई सतप्रतिशत बृद्धि गर्दै अब प्रतिलिटर दुई रुपैँया अनुदान दिने भएको छ ।

बागमती प्रदेश सभामा आगामी बर्ष २०७७/७८ को लागि बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री कैलाश प्रसाद ढुङ्गेलले अनुदान बृद्धि गरेको बताए ।