खैरहनिमा कोभिड १९ को अवस्था – ७१ जना संक्रमित ,२ को मृत्यु

खैरहनिमा कोभिड १९ को अवस्था – ७१ जना संक्रमित ,२ को मृत्यु

ध्रुवराज खनाल

चितवन,३० भदौ ।

चितवनको खैरहनि नगरपालिकामा हाल सम्म ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन महिनाको अबधिमा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । खैरहनिमा एक डाक्टरमा पहिलो पटक कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यस यता भदौ २९ गते सम्म ७१ जनामा पुष्टि भएको हो । खैरहनिमा हाल सम्म कुल ९९७ जनामा नमुना परिक्षण गरिएको छ । संक्रमित मध्य १५ जना निको भएर घर फर्किएका छन भने ५४ जना सकृय अबस्थामा रहेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले जानकारी दिए । कोरोना भाइरस संक्रमण पुष्टि भएका खैरहनिका २ जनाको मृत्यु भएको छ । उनिहरु दुबै जना महिला हुन ।

संक्रमण देखिएका प्राय धेरै होम आइसोलेसनमा छन । मंगलबार सम्म ३२ जना होम आइसोलेसनमा रहेका छन । त्यस्तै सामुदायिक आइसोलेसनमा १२ जना र अस्पताल आइसोलेसनमा १० जना छन । लक्षण नदेखिएका संक्रमितलाई सामुदायिक र होम आइसोलेसनमा राख्ने गरिएको छ । खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरीले लक्षण नदेखिएकालाइ घरमै वा सामुदायिक आइसोलेसनमा राख्न प्रेरित गरिएको बताए । अस्पतालको चापलाइ ध्यान दिदै होम आइसोलेसननै जोड दिएका छौ नगर प्रमुख चौधरीले भने “लक्षण नदेखिएका घरमै सुरक्षित रुपमा परिवार संग बस्दा उनिहरुमा आत्मबल बढ्छ ,जसले रोगलाइ चांडै परास्त गर्न मद्दत पुग्छ ।

पुर्बी चितवनका चार वटा नगरपालिकाले रत्ननगर ५ टरौलिमा रहेको नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड तालिम तथा अनुसन्धान केन्द्रको भवनमा आइसोलेसन सेन्टर बनाएका छन । खैरहनी नगरपालिकाले बाहिरी जिल्लाबाट र बिदेशबाट आएकाहरुलाइ राख्न राधा स्वामी ब्यास नेपाल,दुर्गामन्दिर स्थित खानेपानी कार्यालयको खाली भवन र खैरहनी नगरपालिकामा सामुदायिक क्वारेन्टाइन बनाएको छ । हाल ती क्वारेन्टाइनमा २८ जना रहेका छन् ।