चितवनमा तिनवटा सवारीसाधन एकैस्थानमा ठोकियो , तिनजना घाइते

चितवनमा तिनवटा सवारीसाधन एकैस्थानमा ठोकियो , तिनजना घाइते

चितवन , माघ १। 
चितवनमा तिनवटा सवारीसाधन एकैस्थानमा ठक्कर खाएको छ । पुर्ब पश्चिम राजमार्ग अन्र्तगत पूर्वीचितवनको राप्ति नगरपालिका ८ विरेन्द्रनगरमा पश्चिमबाट पूर्वतफ जाँदै गरेको ना १ ज २१५१ , सोहिदिशातर्फ जादै गरेको लु २ ख २५६ र ग १ ख ३९७० नम्बरको ट्रक ठक्कर खाएको हो ।

बोलेरोलाई पछाडीबाट गइरहेको लु २ ख २५६ नम्बरको ट्रकले ठक्कर दिदा अगाडी बिग्रेर रोकी राखेको ग १ ख ३९७० नम्बरको ट्रकमा बोलेरो ठक्कर खाएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि बोलेरोमा सवार तिनजना घाइते भएका छन् । दुर्घटनामा बारा जिल्ला सिमरा १ वस्ने वर्ष ७४को चक्र ध्वज कार्की गम्भीर घाइते भएको र सोहि स्थान बस्ने वर्ष४० की मन्जु के.सी. र वर्ष ३२ की सरस्वती के.सी. सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक दयाकृष्ण भट्टले जानकारी दिए । घाइते सबैको भरतपुरस्थित एलाईभ अस्पतालमा उपचार भइरहेको छ ।