खैरहनीमा बस पल्टियो , १० जना घाइते

चितवन , माघ १।
चितवनको खैरहनीमा यात्रुबाहक बस पल्टिएको छ । खैरहनी नगरपालिका वडा नम्बर १ साइचोकमा बा ४ ख १३७० नम्बरको बस आज दिउँसो सडक छेउमा पल्टिएको हो ।

भण्डाराबाट नारायणगढतर्फ जाँदै गरेको बस पल्टिदा १० जना यात्रु घाइते भएका छन् । घाइतेहरुमध्य दुईजनाको अवस्था गम्भिर रहेको र सबैको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।