बीरेन्द्र आर्दश माविलाई रनिङ शिल्डको उपाधि

बीरेन्द्र आर्दश माविलाई रनिङ शिल्डको उपाधि

माघ १ गते । राप्ती नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बीरेन्द्र आर्दश माध्यमिक विद्यालयले जितेको छ । ९ स्वर्ण ,५ रजत र ७ कास्य पदकका साथ बीरेन्द्र आर्दश माविले दोश्रो पटक उपाधि जितेको हो । अघिल्लो वर्ष पनि बीरेन्द्र आर्दश माविले उपाधि जितेको थियो । प्रतियोगितामा महादेवटार माविले ९ स्वर्ण,५ रजत र १ कास्य पदक जित्दै दोश्रो हुँदा तेश्रो भएको व्रह्मनगर माविले ३ स्वर्ण ३ रजत पदक प्राप्त गरेको स्थानीय शिक्षा अधिकारी शम्भु प्रसाद पौडेलले वताए । प्रतियोगिताको उपाधि जित्ने विद्यालय र द्धितिय तथा तृतिय भएका विद्यालय तथा विद्यार्थीहरुलाई जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी,राप्ती नगरपालिका प्रमुख प्रभा बराल,प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागांईले पुरस्कार वितरण गरे । नगरस्तरमा प्रथम,द्धितिय र तृतिय भएका विद्यालयले अव जिल्लास्तरमा हुने प्रतियोगितामा सहभागीता जनाउनेछन् ।