तनहुँमा प्रहरीको गाडी दुर्घटना , एकजनाको मृत्यु

तनहुँमा प्रहरीको गाडी दुर्घटना , एकजनाको मृत्यु

चितवन ,१ माघ ।
तनहुँमा प्रहरीको गाडी दुर्घटना भएको छ । तनँहुको देवघाट गाउँपालिका ५ कालिमाटीमा प्रहरी सवार बा १ ग २११८ नम्बरको गाडी दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको छ । त्यस्तै अन्य ३१ जना घाइते भएका छन् । दुर्घटनामा परि प्रहरी जनाव सन्दीप केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ ।

देवघाटको माघे संक्रान्ति मेलाको सुरक्षाका लागि पोखराबाट आएको बा १ ग २११८ नम्वरको प्रहरीको गाडी फर्कने क्रममा दासढुङ्गा पुलपारी घुम्तीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय जुगेडीले जानकारी दिएको छ ।