
काठमाडौं,३० मंसिर ।
नेपालमा पछिल्लो २४ घण्टामा ९३६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको छ।
मंगलबार थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ३० पुगेको छ।
नेपालमा हालसम्म १८ लाख ४३ हजार ५८१ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ४५७ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ८८१ जना सक्रिय संक्रमित छन्।
आज १ हजार ९९६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ।