कंकाली वनको अध्यक्षमा पोखरेल र न्यौपानेको उम्मेदवारी

कंकाली वनको अध्यक्षमा पोखरेल र न्यौपानेको उम्मेदवारी

फागुन ३ गते । चितवनको खैरहनी नगरपालिकामा रहेको कंकाली सामुदायिक वनमा मतदानबाट नयाँ नेतृत्व छानिने भएको छ । निर्वाचन प्रक्रिया अन्र्तगत शनिवार उम्मेदवारी दर्ताको समयावधिमा वनको कार्यसमिति चयनका लागि प्यालनबाटै उम्मेदवारी दर्ता भएपछि मतदान हुने भएको हो । वनको अध्यक्षका लागि रामेश्वर पोखरेल र राममणी न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् । पोखरेल र न्यौपानेले पदाधिकारी र लेखा समितिका लागि प्यालननै वनाएर निर्वाचनमा होमिएका हुन् । वनका पूर्व सल्लाहाकार समेत रहेका पोखरेललाई नेकपाको समर्थन छ भने वनका पूर्व अध्यक्ष न्यौपानेलाई नेपाली काग्रेशले समर्थन छ । पोखरेलको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा युवराज थापा,उपाध्यक्षमा दलवहादुर वस्नेत,सचिवमा लक्ष्मी माया थापा,कोषाध्यक्षमा कृष्ण वहादुर वस्नेत र सहसचिवमा रामहरी अर्यालले उम्मेदवारी दिएको निर्वाचन समिति संयोजक शम्भु प्रसाद लामिछानेले जानकारी दिए । त्यस्तै न्यौपानेको प्यालनबाट वरिष्ठ उपाध्यक्षमा देवी प्रसाद न्यौपाने,उपाध्यक्षमा छविध्वज वुढाथोकी,सचिवमा मनु कुमारी गुरुङ,कोषाध्यक्षमा तिलक न्यौपाने र सहसचिवमा चन्द्र जंग पाण्डेको उम्मेदवारी परेको छ । त्यस्तै पोखरेलको प्यानलबाट लेखा समिति संयोजकमा रामकृष्ण खतिवडा तथा सदस्यहरुमा अर्जुन कुमार सापकोटा र श्याम कार्की तथा न्यौपानेको प्यानलबाट लेखा समिति संयोजकमा रामशरण अर्याल तथा सदस्यहरुमा गोपे दमै र भगवती धरेलले उम्मेदवारी दिएको निर्वाचन समिति संयोजक लामिछानेले वताए । कार्यसमितिका लागि सदस्यहरुको भने निर्वाचित पदाधिकारीहरुले निर्वाचन मार्फत पछि निर्वाचित गर्नेछन् । अघिल्लो कार्यकालका अध्यक्ष वेदवहादुर अधिकारीले उपनिर्वाचनका लागि राजिनामा दिएका थिए । वर्तमान कार्यसमितिको कार्यकाल सकिन करिव ५ महिना वाँकी रहेपनि सहमतीकै आधारमा निर्वाचन गर्न लागिएको हो । हाल खैरहनी नगरपालिका वडा नम्वर १,२,३ र ४ सेवा क्षेत्र रहेको सो वनको निर्वाचनमा २ हजार १६७ उपभोक्ताले मताधिकार प्रयोग गर्नेछन् । यही फागुन १० गते मतदानको मिति तोकिएको छ ।