कोरोना महामारीः स्पेन र फ्रान्समा पनि आपतकाल घोषणा

कोरोना महामारीः स्पेन र फ्रान्समा पनि आपतकाल घोषणा

काठमाडौं,२ चैत ।

कोरोना भाइरस प्रकोप बढेपछि स्पेन र फ्रान्सले पनि आपतकाल घोषणा गरेको छ । यूरोपका ठूला देश स्पेन र फ्रान्स अगाडि इटालीले पनि आपतकाल घोषणा गरेको थियो ।

आपतकाल घोषणा सँगै, अत्यावश्यक वस्तुहरु औषधि र खाद्यन्न लिन बाहेकका काममा घर बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । स्पेनमा १९१ जनाको मृत्यु भइसकेको छ । फ्रान्स कोरोना भाइरसको संक्रमणबाट ९१ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संघ (डब्लुएचओ) ले विश्वब्यापी महामारीको घोषणा गरेको कोरोना भाइरसबाट इटाली बढी प्रभावित बनेको छ । इटालीमा १४४० जनाको मृत्यु भइसकेको छ । डब्लुएचओले इटालीलाई कोरोना संक्रमणको समेत केन्द्रविन्दु बनेको घोषणा गरेको छ ।