सुनको मूल्य तोलामा १५ सय घट्यो

सुनको मूल्य तोलामा १५ सय घट्यो

काठमाडौं,२ चैत । 

नेपाली बजारमा केही दिनदेखि लगातार बढिरहेको सुनको मूल्य आइतबार प्रतितोला १५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७७ हजार रुपैयाँ कायम भएको छ।

शुक्रबार एकैदिनमा प्रतितोला ३ हजार रुपैयाँले घटेको थियो। बुधबारदेखि निरन्तर ओरालो लागेको सुनको मूल्यमा शुक्रबार एकैदिन प्रतितोला ३ हजार रुपैयाँ घटेको थियो।

शुक्रबार छापावाल सुनको ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार छापावाल सुनको मूल्य ८१ हजार ५ सय रुपैयाँ कायम भएको थियो। त्यस्तै तेजावी सुनको मूल्य शुत्रबार ७८ हजार २ सय रुपैयाँ कायम भएको थियो। आइतबार तेजावी सुनको मूल्य ७६ हजार ७ सय रुपैयाँ तोकिएको छ।

चाँदीको शुक्रबार ८ सय २० रुपैयाँमा कारोबार भएकोमा आइतबार प्रतितोला ३० रुपैयाँले घटेर ७ सय ९० रुपैयाँ तोकिएको छ।