१२ जिल्लाका फेरिए सिडिओ, को कहाँ सरुवा ? (सूचीसहित)

१२ जिल्लाका फेरिए सिडिओ, को कहाँ सरुवा ? (सूचीसहित)

काठमाडौँ,२ चैत ।

गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । मकवानपुरमा दीपकराज नेपाल, कास्कीमा ज्ञानप्रसाद ढकाल, धनुषामा कोषहरि निरौला, अछाममा पुष्पविक्रम पौडेल, धनकुटामा केशवप्रसाद विमली, सिन्धुलीमा योगेन्द्रप्रसाद पाण्डे, उदयपुरमा दीपककुमार पहाडी, पाँचथरमा अर्जुनकुमार शर्मा, सिराहामा सरोजकुमार गुरागाई र तनहुँमा बद्रिनाथ अधिकारीको सरुवा भएको छ ।

यस्तै कार्यबहाक जिल्ला प्रमुखका रुपमा बारामा रुद्रप्रसाद पण्डित र गुल्मीमा भरतकुमार शर्माको सरुवा भएको छ । यता अर्जुन भण्डारीलाई सहायक प्रमुख जिल्ला अधिकारी बनाएर मोरङ सरुवा गरिएको छ ।

त्यस्तै अध्यागन विभागमा रमेशकुमार कँडेलको सरुवा भएको छ भने कारागार व्यवस्थापन विभागमा प्रदिपराज कँडेलको सरुवा भएको छ ।