कोरोनाको कहर – सरकार गुहार्दै निजी क्षेत्र ,व्याज मिनाहा गर्न माग

कोरोनाको कहर – सरकार गुहार्दै निजी क्षेत्र ,व्याज मिनाहा गर्न माग

चैत २ गते । चितवनका व्यवसायीहरुले वित्तिय संस्थाबाट लिईएको ऋणको व्याज मिनाह हुनु पर्ने आवाज उठाएका छन् । साथै ऋणको किस्ता तिर्ने समयावधि समेत थप्नु पर्ने उनहिरुको माग छ । कोरोना भाईरसका कारण यहाँको उद्योग,कलकारखाना,व्यवसाय र पर्यटन क्षेत्रमा प्रत्यक्ष असर परेको भन्दै रत्ननगर उद्योग बाणिज्य संघको नेतृत्वमा आईतवार चितवनका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र वुझाउँदै व्याज मिनाह गर्नु पर्ने माग गरेका हुन् । यो अवस्थामा राज्य भित्र संचालनमा रहेको उद्योग व्यवसया समेत धरासायी बन्न सक्ने भयावह स्थिती रहेकाले व्याज मिनाह गर्नुका साथै किस्ता तिर्ने समयावधि थप्नु पर्ने रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले वताए । संघले प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई वुझाएको ज्ञापन पत्रमा उद्योगी तथा व्यवसायीहरुलाई व्यवसायिक संक्रमणकालको रुपमा घोषणा गर्दै सो समायावधिको बैंक तथा वित्तिय संस्थाको व्याज मिनाह तथा सांवा बुझाउने समय थप गर्नुका साथै उद्योग व्यवसाय भित्र प्रयोग भएको विद्युत महसुल मिनाहको व्यवस्था गरिनु पर्ने लगायत माग उल्लेख छ ।
कोरोना भाईरसको त्रासले गर्दा पर्यटकीय क्षेत्र सौराहामा पनि असर गरेको भन्दै व्याज मिनाहासहित किस्ता तिर्ने समयावधि वढाउनु पर्ने क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले वताए । यो अवस्थामा व्याज मिनाहा गर्नुका साथै किस्तालाई साँवामा गाभ्नु पर्ने भट्टराईले वताए । सौराहामा साना ठुला गरि १ सय १० वटा भन्दा वढि होटल तथा ६० वटा भन्दा वढि रेस्टुरेन्ट रहेका छन् ।