
राजविराज,३ वैशाख
र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) का क्रममा दुई जनामा कोरोना संक्रमण देखिएपछि सप्तरीका दुई स्थानीय तह सिल गरिएको छ ।
जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जिल्लाको खडक नगरपालिका र तिलाठी कोईलाडि गाउँपालिका सिल गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ। दुवै स्थानीय तहमा आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत आनन्द ठाकुरले बताए।