र्‍यापिड डायग्नोष्टिक टेष्ट गर्दा गोरखाका एक युवामा देखियो कोरोना पोजेटिभ

र्‍यापिड डायग्नोष्टिक टेष्ट गर्दा गोरखाका एक युवामा देखियो कोरोना पोजेटिभ

काठमाडौं,३ वैशाख

गोरखामा एक युवामा कोरोनाको संक्रमण देखिएको छ । गोरखा आरुघाटका एक युवामा र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) गर्दा कोरोना पोजिटिभ देखिएको जनाइएको छ । उनमा कोरोनाको कुनै लक्षण नदेखिएको बताइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार कोरोनाको लक्षण नदेखिए पनि उनको आरडीटी गर्दा कोरोना पोजेटिभ देखिएको जनाइएको छ । कोरोना पोजेटिभ देखिएका उनी आरुघाट गाउँपालिका–५ का एक ३१ वर्षीय युवा हुन् । उनी फागुन २३ गते बहराइनबाट नेपाल आएका थिए । उनको थप परिक्षणको लागि स्वाब प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको जनाइएको छ ।

 

क्यानाडानेपाल