कोरोना महामारी : मृत्यु हुनेको संख्या १ लाख २६ हजार नाघ्यो, हेर्नुहोस् कुन देशमा कति ? (अपडेट)

कोरोना महामारी : मृत्यु हुनेको संख्या १ लाख २६ हजार नाघ्यो, हेर्नुहोस् कुन देशमा कति ? (अपडेट)

एजेन्सी,३ वैशाख 

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ ।  वर्ल्डोमिटर्सको तथ्यांक अनुसार  वुधवार बिहानसम्म विश्वभरमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २६ हजार ७७६ पुगेको छ भने संक्रमितको संख्या२०  लाख ७७९ पुगेको छ ।

त्यस्तै कोरोनाबाट संक्रमित भएका ४ लाख ८४ हजार ८३१ जना निको भई घर फर्किएका छन् । वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अमेरिकामा सबैभन्दा बढी मानिस संक्रमित र मृत्यु भएका छन् । हालसम्म अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ हजार ६४ पुगेको छ । त्यस्तै संक्रमितको संख्या ६ लाख १४ हजार २४६ पुगेको छ । त्यस्तै ३८ हजार ८ सय २० जना कोरोनाको उपचारपछि निको भई घर फर्किएका छन् ।

स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ हजार २ सय ५५ पुगेको छ । त्यस्तै स्पेनमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ लाख ७४ हजार ६० जना पुगेको छ । त्यस्तै इटालीमा कोरोनाको संक्रमणबाट २१ हजार६७ जनाको मृत्यु भएको छ भने कोरोनाबाट संक्रमितको संख्या १ लाख ६२ हजार ४ सय ८८ पुगेको छ ।