
चितवन , ३ बैशाख।
देशका विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या बृद्धि हुदै गरेको बेला चितवनमा समेत एकजनामा एन्टिबडी पोजेटिभ देखिएको छ । चितवनको रत्ननगरमा गरिएको र्यापिड टेस्टमा एकजनामा एन्टिबडी पोजेटिभ देखिएको हो ।
कोरोनाको थप परिक्षणको उनको स्वाब संकलन गरेर परिक्षणको लागि भरतपुर कोरोना अस्थायी अस्पतालमा पठाइएको गुञ्जमानसिहं अस्पतालले जनाएको छ । संक्रमण देखिएको पुरुष फागुन ३० गते कोरियाबाट नेपाल आएका बुझिएको छ । रत्ननगरका ३९ जनामा आज र्यापिड टेस्ट गर्दा ३८ जनाको नेगेटिभ आएको र एकजनाको पोजेटिभ आएको हो । पोजेटिभ देखिना साथ उनलाई आइसोलेनमा राखिएको छ ।