खैरहनीका कर्मचारीद्धारा तलव काटेर कोषलाई सहयोग

खैरहनीका कर्मचारीद्धारा तलव काटेर कोषलाई सहयोग

वैशाख ३ गते । खैरहनी नगरपालिकाका कर्मचारीहरुले कोरोना संक्रमणपछि स्थापित विपद राहत कोषमा तलव काटेर दिने भएका छन् । कर्मचारीहरुको बुधवार वसेको वैठकले विपद व्यवस्थापन राहत कोषलाई सहयोग गर्ने निर्णय गरेको हो । वैठकले उपसचिव र अधिकृत स्तरका कर्मचारीहरुले ५ दिन र अन्य कर्मचारीहरुले ३ दिनको तलव दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले जानकारी दिए । नगरपालिमा स्वास्थ्यकर्मी वाहेक ७६ जना कर्मचारी कार्यरत छन् । स्वास्थ्यकर्मीका हकमा भने कोषमा सहयोग गर्न अनिवार्य गरिएको छैन् । ति कर्मचारीबाट पद अनुसारको पाँच र तीन दिनको तलव कटाउँदा करिव २ लाख ८ हजार हुन आउँछ ।