खैरहनीमा र्यापिट टेष्ट तीव्र, ४३ जनाकै रिपोर्ट नेगेटिभ

खैरहनीमा र्यापिट टेष्ट तीव्र, ४३ जनाकै रिपोर्ट नेगेटिभ

वैशाख ३ गते । चितवनको खैरहनी नगरपालिकामा विदेशबाट आएका मध्ये ४३ जनाको र्यापिड टेष्टमा सवैको रिपोर्ट नेगेभिट आएको छ । मंगलवार र बुधवार गरिएको र्यापिट टेष्टमा परिक्षण गराएका सवैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले वताए । मंगलवार १९ जना र बुधवार २४ जनाको परिक्षण गरिएको थियो । यसअघि वडाबाट संकलन भएको रिपोर्ट अनुसार विदेशबाट ५२ जना खैरहनी आएको तथ्यांक रहेपनि केही वढ्ने देखिएको छ । कतिपयले नाम नटिपाउँदा वा लुकेर वस्दा विदेशबाट आउनेको एकिन तथ्यांक आउन नसकेको हो । विदेशबाट आएकाहरुको विहीवार सम्म र्यापिट टेष्ट सकिने स्वास्थ्य शाखा प्रमुख अधिकारीले वताए । विदेशबाट आएकाहरु १८ दिन होम क्वारेनटाईनमा वसिसकेका छन् । उनीहरुमा सक्रमण भए नभएको थाहा पाउन र्यापिड टेष्ट गरिएको हो । यो प्रक्रियामा पोजेटिभ रिपोर्ट आएमा त्यस्ता व्यक्तीको स्वाब परिक्षण गर्नु पर्ने हुन्छ । खैरहनी १३ धरमपुर घर भएका एक व्यक्ती चैत २९ गते विरगंजबाट आएकाले उनलाई होम क्वारेनटाईनमा राखिएको स्वास्थ्य शाखा सहसंयोजक रुद्र शर्माले वताए । उनको पनि र्यापिड परिक्षण गर्दा नेगेटिभ आएपनि होम क्वारेनटाईनमा सुरक्षित साथ वस्न भनिएको शर्माले वताए ।

विदेशबाट आएकाहरुको र्यापिड टेष्टमा स्वास्थ्य संयोजक अधिकारी,सहसंयोजक शर्मा, सामाजिक नर्सिङ अधिकृत पुजा गिरी,नर्स इशा भुषाल लगायत खैरहनी प्राथमिक स्वास्थ्य केन्द्र,चैनपुर स्वास्थ्य चौकी,कठार स्वास्थ्य चौकी,कुमरोज स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी खटिएका छन् ।