र्‍यापिड टेष्टमा पोजेटिभ देखिएका सप्तरीका दुई जनामा कोरोना संक्रमण नभएको पुष्टि

र्‍यापिड टेष्टमा पोजेटिभ देखिएका सप्तरीका दुई जनामा कोरोना संक्रमण नभएको पुष्टि

इटहरी,३ बैशाख

सप्तरीमा र्‍यापिड डायग्नोस्टिक टेष्टमा कोरोना संक्रमण देखिएका दुई जनाको पिसिआर परीक्षणमा संक्रमण नभएको (नेगेटिभ) रिपोर्ट आएको छ।

मङ्गलबार दिल्लीबाट फर्किएका ७ जना मध्ये २ जनाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र्‍यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ देखाएको थियो। अन्तिम परीक्षणको रूपमा पिसिआर परीक्षणका लागि मंगलबार नै उनीहरुको स्वाब सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान ल्याइएको थियो। प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा उनीहरूमा कोरोना संक्रमण नभएको पुष्टि भएको हो।

बुधबार उनीहरुको रिपोर्ट आएसँगै उनीहरूमा कोरोना संक्रमण नदेखिएको हो ।