कैलालीमा बालिका बलात्कारको आरोपमा तीनजना पक्राउ

कैलालीमा बालिका बलात्कारको आरोपमा  तीनजना पक्राउ

कैलाली,३ वैशाख ।

कैलालीमा एक बालिका बलात्कृत भएकी छन्।

बाख्रा चराइरहेकी १५ वर्षीया बालिकालाई हिजो, २ वैशाख साँझ डरत्रास देखाई तीनजनाले बलात्कार गरेको कैलाली प्रहरीले जनाएको छ।

बालिका बलात्कार आरोपमा जोशीपुर गाउँपालिका-४, लालपुर वाणीका रामकुमार चौधरी (२९), सोही ठाउँका मंगल चौधरी (२२) र सुरेशकुमार चौधरी (३१) लाई घटनास्थलबाटै नियन्त्रणमा लिएको कैलाली प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।

उनका अनुसार कैलाली जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।