चितवनको राप्तीमा समेत र्‍यापिड टेस्ट गर्दा एक महिलामा रियाक्टिभ

चितवनको राप्तीमा समेत र्‍यापिड टेस्ट गर्दा एक महिलामा रियाक्टिभ

चितवन , ३ बैशाख
चितवनमा गरिएको र्यापिड टेस्टमा एक महिलामा समेत रियाक्टिभ देखिएको छ । राप्ती नगरपालिका वडा नम्बर ८ निवासी एक महिलाको आज गरिएको र्यापिड टेस्टमा एन्टिबडी रियाक्टिभ देखिएको हो ।

चैत ५ गते लण्डनबाट हङकङ हुदैँ नेपाल आएकी महिलामा रियाक्टिभ देखिएको राप्ती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेले जानकारी दिए । आज २९ जनाको टेस्ट गरिएकोमा २८ जनाको ननरियाक्टिभ देखिएको न्यौपानेले बताए । उनलाई थप परिक्षणको लागि भरतपुर कोरोना बिशेष अस्थायी अस्पताल पठाइएको छ । उनीसँगै विदेशबाट नेपालआएका दुई छोरामा नन रियाक्टिभ देखिएता पनि तिनैजनालाई परिक्षणको लागि भरतपुर पठाइएको छ ।

आजैमात्रै रत्ननगरमा र्‍यापिड टेस्ट गर्दा एक पुरुषमा समेत एन्टिबडी रियाक्टिभ देखिएको थियो ।