रत्ननगरमा र्‍यापिड टेस्ट गर्दा रियाक्टिभ देखिएको पुरुषमा कोरोना नेगेटिभ

रत्ननगरमा र्‍यापिड टेस्ट गर्दा रियाक्टिभ देखिएको पुरुषमा कोरोना नेगेटिभ

चितवन , ३ बैशाख। 
चितवनको रत्ननगर नगरपलिकामा १२ निवासी कोरियाबाट आएका एक पुरुषमा कोरोना भाइरस नभएको देखिएको छ ।

आज गरिएको र्‍यापिड टेस्टमा एन्टिबडी रियाक्टिभ देखिएर थप परिक्षणको लागि उनको स्वाब संकलन गरि परिक्षण गर्न भरतपुर कोभिड १९ परिक्षण प्रयोगशाला पठाइएको थियो । पिसिआर माध्यमबाट स्वाब परिक्षण गर्दा उनमा कोरोना नेगेटिभ देखिएको प्रयोगशालाले जनाएको छ । उनी फागुन ३० गते कोरियाबाट नेपाल आएका थिए ।