पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड खुल्यो

पहिरोका कारण अवरुद्ध  नारायणगढ–मुग्लिन सडक खण्ड खुल्यो

चितवन,३१ भदौ

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड झण्डै ४ घण्टापछि खुलेको छ ।

निरन्तर वर्षाका कारण यस सडकखण्डको चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा आज बिहान ६ बजे  पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको  थियो ।

लेदोमाटो र ढुङगा सहित खसेको पहिरो पन्छाएपछि  बन्द सडकखण्ड आज बिहान  १०: ३० बजे खुलेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।